surkhet

गोरखामा पहिरोले घर पुर्यो तिन जनाको मृतु ,,

surkhet

साउन २ ,गोरखा – गोरखाको शहीद लखन गाउँपालिका,६ को अँधेरी गाउँमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान करीब ६ बजे तिर अँधेरीका नवराज कुँवरको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको शहीद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिएका छन्।

Gorkha

मृत्यु हुनेमा नवराजकी भतिजी १० वर्षीया प्रविना कुँवर, भान्जी २० वर्षीया सरु कुँवर र सरुका ९ महिनाका छोरा रहेको अधिकृत आलेले बताए । पुरिएका तीनै जनाको शव निकालेर स्थानीय दुर्गा प्रा. वि.को प्रांगणमा राखिएको बताइएको छ । अहिले घटना स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको एसपी विमल बस्नेतले जानकारी दिएका छन्।

यसै गाउँपालिकाको तीनघरे गाउँ पनि पहिरोको जोखिममा रहेको र उक्त स्थानमा पनि नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटिएको बस्नेतले बताए । एसपी बस्नेतका अनुसार गोरखाकै धार्चे गाउँपालिकाको, खानीबेशी गाउँमा पनि पहिरोले एक घर बगाएको छ । खानीबेशीका साइला गुरङको घर बगाएको र मानवीय क्षति भने नभएको उनले बताए। तेस्तै वर्षाले विभिन्न ठाँउमा जनजीबन अस्तव्यस्त हुनुका साथै पहिरोले सडक अबरुद्द भयको छ ।

salyan