अघिल्लो वर्ष भन्दा यो वर्ष १३ %ले पर्यटकमा बृद्दी ,,

साउन,२ काठमाडौं – नयाँ बर्षको पहिलो ६ महिनामा नेपाल आउने पर्यटकको सख्यामा वृद्धि भएको छ । अघिल्लो वर्ष भन्दा यो वर्षमा पर्यटकको संख्या १३ प्रतिशतले बढेको हो । वर्षको पहिलो महिनामा पर्यटकको संख्यामा बृद्दी भयर ५ लाख २० हजार पुगेको पर्यटन वोर्डले जनायको छ।

नेपाल पर्यटन बोर्डका अनुसार पहिलो ६ महिनामध्ये मार्चमा सबैभन्दा बढी पर्यटकको आगमन भएको छ । सन् २०१७ मार्च महिनामा १ लाख ६ हजार २ सय ९१ पर्यटक आएका थिए भन गत मार्चमा १ लाख २५ हजार १ सय १६ जना घुम्नका लागि आए ।

त्यस्तै २०१८ को जनवरीमा ७३ हजार ५ सय १५, फेबु्रअरीमा ९० हजार २ ८७, अपि्रलमा ९८ हजार ६ सय ५०, मे मा ६८ हजार ८ सय २५ र जुनमा ६५ हजार १ सय ५९ विदेशी पर्यटकको आगमन भएको छ । यो पहिलो ६ महिनाको तथ्यांकअनुसार नेपाल आउने पर्यटकको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

भारतबाट ९६ हजार ३ सय ६८ जना आएको छन् भने त्यसपछि चीन, अमेरिका लगायतका दशेबाट बढी आएका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भन्छन्,’अहिले यो पर्यटकको आगमन बृद्धी निकै उत्साहजनक छ । विगत लामो समयदेखि हेर्ने हो भने नेपाल घुम्न आउने पर्यटकहरुको रोजाई यो समयलाई कमजोर सिजन मानिन्छ ।’

नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायले बिगत केही वर्षदेखि छिमेकी लगायतका केही देशहरुका पर्यटन सम्बन्धी अभियान नै चलाएका थिए । ‘यो सिजनमै उल्लेखनीय रुपमा यसरी पर्यटक आउनु निकै उत्साहजनक हो, उनले भने,’अब मुख्य सिजनमा अझै बढी मात्रा पर्यटक आउने अनुमान छ ।’