surkhet

चाड पर्व नजिकिदै गर्दा नक्कली नोटको बिगबिगि

भदौ २२

surkhet

काठमान्डौ – चाड पर्व नजिकिदै गर्दा राजधानीमा नक्कली नोटको बिगबिगि दिखिएको छ।

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले १ लाख नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले गाेरखाकाे गाेरखा नगरपालिका-३ धारापानी घर भइ काठमाण्डाै नागार्जुन नगरपालिका,८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेकाे हाे ।

Dailekh
Gorkha

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई स्वयम्भूमा नक्कली नाेटको कारोबार गरिरहेकाे अवस्थामा पक्राउ गरेकाे जानकारी दिए।

थापाकाे साथबाट एक लाख  (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएकाे उनले बताए ।

पक्राउ परेका थापालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डाै पठाइएकाे छ । केही हप्ता मात्र अगाडि काठमान्डौ तार्केश्वर गोलढुंगाबाट नक्कली नोट सहित दुई जना पक्राउ परेका थिए ।

 

salyan