सय केजि सुन जोख्दा ६० केजि प्रकरण थप एक जना पक्राउ

भदौ २२

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १ क्वीन्टल सुन प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पछिल्लो पटक बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उनी हिजो बेलुका पक्राउ परेका हुन् ।

उनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको १ क्विन्टल किलो सुन प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ परेका छन् ।

साउन ३ गते सिनामङ्गलबाट सुन बरामद भएको थियो । १०० केजि सुन बरामद भएपनि पछि जोख्दा ६० किलो भएको सरकारले जनाएको छ।