रुकुम चौरजहारी

देश र जनताले एक सशक्त बुद्धिजीवि राष्ट्रिय नेता गुमायो : डा रावल

भदौ २६

रुकुम आठ विसकोट

काठमान्डौ – नेकपा एमालेका नेता डा. भिम रावललेले सुवासचन्द्र नेम्वांगको असामयिक दुःखद् निधनले स्तब्ध र मर्माहत भएको बताएका छन।

देश र जनताले एक सशक्त बुद्धिजीवि राष्ट्रिय नेता गुमाएर अपुरणीय क्षति भएको उनले बताए । राजनीतिका अनेकौं आरोह अवरोहमा संगसंगै यात्रा गरेका क्षणहरू आफ्नो मानसपटलमा आइरहेको समेत उनी बताउँछन ।

संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज बिहान १ बजे हृदयघातबाट निधन भएको छ।फाइल तस्वीर

रावल लेख्छन् ।
२०३२ सालदेखिका मेरा घनिष्ट मित्र, संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) केन्द्रीय कमिटीका उपाध्यक्ष कमरेड सुवासचन्द्र नेम्वांगको असामयिक दुःखद् निधनको खवरले स्तब्ध र मर्माहत भएको छु। उहाँप्रति भावपूर्ण हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, पार्टी पंक्ति र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।
कमरेड सुवासको निधनबाट देश र जनताले एक सशक्त बुद्धिजीवि राष्ट्रिय नेता गुमाएर अपुरणीय क्षति भएको छ।राजनीतिका अनेकौं आरोह अवरोहमा संगसंगै यात्रा गरेका क्षणहरू यतिखेर मेरो मानसपटलमा आइरहेका छन्।देश र जनताको लागि उहाँले गरेको योगदान र कार्यहरू सधैं अमर रहने छन्!