भारतबाट एक करोड चोरेर नेपाल आउँदै गर्दा ९ नेपाली पक्राउ

भदौ २८

धनगढी – पछिल्लो समय नेपालीले भारतमा चोरी गर्ने र नेपाल आउने गर्दा नेपालकै बेजत गर्ने गरेका छन। यस पटक पनि  १ करोड रुपैयाँसहित ९ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली १ करोड रुपैयाँसहित पक्राउ परेका हुन् ।

सोमबार राति दिल्लीबाट पैसा चोरेर ल्याउँदै गर्दा नेपाल छिर्ने क्रममा उनीहरु मंगलबार राति पक्राउ परेको प्रहरीले जनाएको छ ।

lekbesi

उनीहरुको परिचय भने अझै गोप्य राखिएको छ। यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई विस्तृत विवरण नदिएको सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए ।