surkhet

एमालेमै फर्किदै रामकुमारी झाक्री

surkhet

काठमान्डौ – नेकपा एसकि नेतृ रामकुमारी झाक्रीले एमालेमा फर्किने संकेत गरेकी छिन । पछिल्लो समय उनि आफ्नै पार्टी अध्यक्ष माधव कुमार नेपालसंग भेट घाटबाट समेत टाढा छिन।

उनले आफ्नो पार्टी भित्र संगठन समेत सकृय नरहेको बताईन। पार्टी भित्र धेरै कमिकमजोरी छन ,यसरी पार्टी अगाडि बढ्न सक्दैन । हामी संग संगठन पनि छैन । दल मात्र भएर हुदैन दल खोल्न त दुई जना मिलेर पनि खोलिन्छ उनले भनिन।

संगठन नहुदा आफू पुरानै पार्टी नेकपा एमालेमा फर्किने संकेत उनले गरिन । तिसौ बर्षबाट एमालेमा आफू ले संघर्स गरेको पार्टी भएको र सबै उक्त पार्टीमा फर्किनुपर्ने समेत झाक्रीले बताईन।

Dailekh
Gorkha

यस्तै पार्टी भित्र अध्यक्ष माधव कुमार नेपालले सहि तरिकाले मनिटरिङ नगर्दा समेत पार्टी अस्त व्यस्त भएको उनले बताईन । नेपाल र वरिष्ठ नेता झलनाथ खनालबिच समेत मनमुटाव भएको उनले बताईन।

यस्तै आउँदो माघमहिनामा पार्टीको महाधिवेशन हुने र पार्टीको अध्यक्ष खनाल वा घनश्याम भुसाल हुनसक्ने समेत उनले बताईन।

यस्तै दुई बर्ष सम्म सरकारलाई दिएको समर्थन फिर्ता लिन नमिल्ने भएको हुँदा अहिलेको सरकार टिकेको झाक्रीले बताईन।असोज ४

salyan