Simta
Simta
lekbesi

केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने

Gurvakot

३ साउन,
। जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने भएको छ ।
कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार भइरहे पनि उनको अवस्था बिग्रँदै गएको छ । बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको छ । यहीबीच बुधबार बसेको नेकपाको बैठकले केसीलाई काठमाडौं ल्याउने र मागबारे छलफल गर्ने निर्णय गरेको छ ।
केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारीमा सरकार लागे पनि तर कतिबेला ल्याइँदै छ भन्नेबारे केही बताइएको छैन ।पक्षीय चिकित्सकले भने बलजफ्ती काठमाडाैं लैजान लागिएकाे भन्दै विराेध जनाएका छन् ।

Simta