डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै देशभरका चिकित्सकहरु हडतालमा उत्रे

३ साउन,
जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै देशभरका चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् ।
नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ ।
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन यस्तो कदम चाल्नु परेको चिकित्सक संघको भनाइ छ ।चिकित्सक संघ हडतालमा उत्रिए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट स्वास्थ्यकर्मी भने सहभागी नहुने भएका छन्
नेपाल नर्सिङ संघले पनि चिकित्सक संघको अत्यावश्यकीयबाहेकका सेवा बन्द गर्ने निर्णयको विरोध गरेको छ
