टर्की पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने व्याक्ती पक्राउ
असोज ९
काठमाडौँ -टर्की पठाइदिन्छु भन्दै १ करोड रुपैयाँभन्दा बढी ठग्ने एक युवती पक्राउ परेकी छिन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले पोखरा महानगरपालिका-५ लेखनाथ टोलकी सुरुची भुजेल पक्राउ परेकी हुन।
उनलाई लाई गत ६ गते पक्राउ गरिएको ब्युरोले जनाएको छ।भुजेलले लेखनाथ टोलकै विनोद श्रेष्ठसमेत सँग मिलेर ३० जनालाई टर्की पठाइदिन्छु भन्दै लाखौँ रकम ठगेको खुलेको हो।
उनीहरूले टर्कीमा गएको भूकम्पपछि राष्ट्रसंघीय सहयोगमा काम लगाइदिने भन्दै ठगेका थिए ।
उनीहरूले विभिन्न व्यक्तिबाट १ करोड १५ लाख १९ हजार ८ सय रुपैयाँ ठगेका थिए । पक्राउ परेकी भुजेललाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान भइरहेको छ ।