इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल र उपराष्ट्रपति हनुमानढोका

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा अवलोकनका लागि हनुमानढोका पुगेका छन् ।

इन्द्रजात्रामा बिहीबार तल्लो टोल बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म) मा रथयात्रा हुने छ ।

रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुख सहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्ने कार्यक्रम छ ।

रथयात्रा सकिएपछि दागी इन्द्र देवताकी आमा सँगसँगै वर्षभरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने परम्परा छ ।असोज ११