मेहेलकुना खटाङ्ग क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल बन्ने

असोज १७

सुर्खेत – गुर्भाकोट नगरपालिकाको वडा नम्बर ८ मा रहेको धार्मिक तथा ऐतिहासिक खटाङ्ग क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल बन्ने भएको छ।

पुल निर्माण भएसंगै नगरपालिकाको वडा नम्बर ८ खटाङ्ग,वडानं १० घुमखहरे र वडानं. १२ दहचौरका स्थानीयबासिलाई जोड्ने छ।

त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा हाल नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काको विशेष पहल र अभिरुचिका साथ तीनमुखे झोलुङ्गेपुल बन्ने भएको हो।

गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले संघीय सरकारको २५ करोड बजेट लागतमा बन्ने उक्त पुलको डिजाइन पूर्ण रूपमा तयार भइसकेको र आगामी मंसिर महिनाभित्र टेण्डर लगायतको प्रक्रिया सुरु हुने तयारी रहेको बताए।