Simta
Simta
lekbesi

गोविन्द केसी निसर्त वार्तामा आओन ,,सरकार ,,

Gurvakot

साउन ५ , काठमाण्डौ – काठमान्डौ हुँदै जुम्ला सम्म अनसन बस्दै गरेका डा. गोबिन्द केसीलाई सरकारले नि सर्त वार्तामा आउन आग्रह गरेको छ। डा .केसी चिकित्सा शिक्षाका आजीवन सदस्य छन् ।सरकारले केसीलाई जुम्ला बाट काठमान्डौ ल्यायपछि आज देखि राजधानीमा विभिन्न ठाँउमा प्रहरी र गोबिन्द केसी समर्थक विच झडप भयको छ ।केसीको माग जायज भन्दै सुशिला कार्की ,नँया पार्टीका संयोजक डा बाबुराम भट्टराई , तरुणदल लगायत विभिन्न प्रतिपक्षिय पार्टीले पनि सरकारको चर्को विरोध गरेका छन् ।चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने डा. केसी पक्षको टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव खगराज बरालले बताएका छन् ।

बरालको विज्ञप्ति जारीमा भनियको छ ‘सरकारी वार्ता टोली डा. केसीका माग वार्तामार्फत नै सम्बोधन गर्न सकिने कुरामा विश्वस्त छ र डा. केसी पक्षलाई नि:शर्त वार्तामा आउन आह्वान गर्दछ । नेपाल बाट भारतमा मात्र चिकित्सा शिक्षा पढ्न वार्षिक ४८ हजार विद्यार्थी जाने गर्दछन। , तेस्तै बंगलादेश चाईना लागायत अन्य देशमा यसरि नै विद्यार्थी चिकित्सा शिक्षा पढ्न जाने गर्दछन। जसमा ४२ लाख देखि डेढ करोड सम्म मेडिकल माफिया हरुले सुल्क उठाउने गरेका छन्।यता माग पुरा नभय सम्म अनसन र सत्याग्रह गर्ने केसीको चेतावनी छ ।नेपाल सरकारको मौलिक अधिकार धारा ३५ ले सम्पूर्ण नेपालि हरुले स्वास्थ्य सेवा सुविधा निशुल्क पाउनु पर्छ भनेको छ ।तर जुम्ला , डोल्पा त छोडौ काठमाण्डौमा पनि सिटामोल निशुल्क पाँउदैन । चिकित्सा सिक्षा भनेको मौन संस्था हो तर राजनीतिमा कुनै ब्याक्तिले पछि गयर ठाँउ पाउने कुराले यो आन्दोलन गरेको देखिन्छ ।

Simta