एक वर्षमा ६१ अर्ब वैदेशिक लगानी नेपालमा भित्रियो ,,

साउन, ६ काठमाडौं – नेपालि मुलुकमा राजनीतिक स्थिरता आएका कारण लगानी गर्ने वातावरण राम्रै बनेको भन्दै विदेशी लगानीकर्ताहरु हौसिएका छन् । यो भन्दा पहिले नेपालमा लगानी गर्ने लगानी कर्ता हरु डराउने गर्दथे ।, हाल साल नेपालि राजनीति दलका नेताहरुले पनि नेपालमा लगानी ढुक्क संग गर्नुस केहि परि हामि जिम्मेवारी छौ, भनेका छन् ।प्रम केपी ओलीले भारत, चिन भ्रमणमा पनि नेपालमा सके जति लगानी गर्न अन्त्रास्ट्रिय लागानिकर्तालाई आग्रह गरेका थिय।

हालसम्म २ खर्ब ६८ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको उद्योग विभाग वैदेशिक लगानी महाशाखा प्रमुख इञ्जिनियर खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।महाशाखा प्रमुख बस्नेतका अनुसार ४ हजार ४ सय ७५ वटा परियोजनाहरुका लागि २ खर्ब ६८ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको हो । पछिल्लो समय लगानी सुरक्षित हुने वातावण बने पछि विदेशीहरु नेपालमा लगानी गर्न हौसिएको उनी बताउँछन् । यो वर्ष सम्म बढेको लगानी अर्को वर्ष सम्म झन् बढ्ने बस्नेतको जिकिर छ।

एक वर्षमा भित्रियो ६१ अर्ब

आर्थिक वर्ष ०७४/७५ मा मात्रै ६१ अर्ब रुपैयाँ लगानीका लागि प्रतिवद्धता आएको महाशाखा प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार करिब ४ सय परियोजनामार्फत एक वर्षमा ६१ अर्ब ९ करोड ३६ लाख रुपैयाँ लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा १ सय ९३ प्रतिशले वृद्धि भएको हो । अघिल्लो वर्ष २० अर्ब ८५ करोड २५ लाख ४ हजार रुपैयाँमात्रै वैदेशिक लगानी भित्रिएको थियो । यस अवधिमा सबैभन्दा धेरै खनिज क्षेत्रको लगानीमा लगानीमा वृद्धि भएको छ । खनिज क्षेत्रमा ९ हजार ४ सय प्रतिशतले लगानी बढेको विभागका महाशाखा प्रमुख बस्नेतले जानकारी दिए । यस क्षेत्रमा आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ८० लाख रुपैयाँ लगानी भित्रिएको छ । अघिल्लो वर्ष जम्मा ४ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको थियो ।

कुन क्षेत्रमा कति लगानी भित्रियो ?

वैदेशिक लगानी वृद्धिदर खनिज क्षेत्रसँग सम्बन्धित परियोजनाहरु धेरै भए पनि धेरै रकम भने उर्जा क्षेत्रमा भित्रिएको छ । आर्थिक वर्ष ३७ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ लगानी भित्रिएको छ ।यो अघिल्लो वर्षको तुलनामा ९ सय १८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ऊर्जा क्षेत्रमा ३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो ।यसैगरी कृषि तथा वनजन्य क्षेत्रमा ६ सय ४९ प्रतिशतले वैदेशिक लगानी बढेको छ । आर्थिक वर्ष ०७४/७५ मा यस क्षेत्रमा २ अर्ब १६ करोड ६० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा भने कृषि तथा वन क्षेत्रमा २८ करोड ९० लाख रुपैयाँ मात्रै लगानी भित्रिएको थियो ।

 

सूचना प्रसार तथा सञ्चार प्रविधिको क्षेत्रमा पनि वैदेशिक लगानीको वृद्धिदर राम्रो देखिएको छ । अघिल्लो वर्ष ८ करोड ८७ लाख रुपैयाँ लगानी भित्रिएकोमा ५ सय ५९ प्रतिशले वृद्धि भएर आर्थिक वर्ष २०७४/७५ मा ५८ करोड ५० लाख रुपैयाँ लगानी भित्रिएको हो ।उतपादनमूलक क्षेत्रमा यस अवधिमा ८ अर्ब ८७ करोड ५४ लाख ३ हजार रुपैयाँ लगानी भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनमा १ सय १४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस क्षेत्रमा ४ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी भित्रिएको महाशाखा प्रमुख बस्नेतले बताए । उनका अनुसार यस अवधिमा निर्माण, सेवा मूलक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित क्षेत्रमा भने लगानी घटेको छ ।

 

लगानी रकममा भारत र परियोजना संख्यामा चीन अगाडि ,,

हालसम्मको वैदेशिक लगानी दुई छिमेकी मुलुक भारत र चीनबाट नै धेरै भित्रिएको छ । लगानी गरिने परियोजना संख्याका आधारमा चीन अगाडि देखिएको छ भने लगानी भित्रिएको रकमका आधारमा भारत अगाडि देखिएको छ ।विभागका वैदेशिक लगानी महाशाखा प्रमुख बस्नेतका अनुसार भारतको मात्रै ८७ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको छ । उता लगानी रकममा दोस्रो देखिएको चीनको ७६ करिब ७६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

 

उता चीनले १ हजार ४ सयभन्दा बढी परियोजनामा लगानी गर्न विभागबाट स्वीकृति लिएको छ भने भारतले करिब ८ सय परियोजनामा लगानीका लागि स्वीकृत लिएको छ । लगानी प्रतिवद्धता आएका मध्ये धेरै परियोजनाहरुको काम शुरु भइसकेको र केही परियोजनाहरु सञ्चालनको तयारी भइरहेको महाशाखा प्रमुख बस्नेतले बताए ।