७ न. का मुख्यमन्त्री बन्ने पक्का बहुमत बाट सिफारिस ,,

Naumule

रंग दर्पण २१ माघ – कैलाली : प्रदेश नम्बर ७ मा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन्। आइतबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले बहुमतबाट भट्टलाई नेता चयन गर्ने निर्णय गरेको हो।

निर्णयसँगै यो प्रदेशको मुख्यमन्त्री बन्न उनलाई बाटो खुलेको छ। माओवादी केन्द्रले प्रदेश ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद भट्टलाई यसअघि नै सिफारिस गरिसकेको छ।

वाम गठबन्धनले प्रदेश ६ र ७ मा मुख्यमन्त्री माओवादीलाई दिने निर्णय गरिसकेको छ।

माओवादी केन्द्र प्रदेश ७ का इन्चार्ज लेखराज भट्ट र प्रदेश संयोजक लक्ष्मणदत्त जोशीसहितको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो।

Gurvakot

प्रदेश ७ प्रदेश सभामा रहेका माओवादी केन्द्रका १४ सांसद मध्ये १२ जनाले भट्टलाई नै दलको नेता बनाउने निर्णयमा सहमति जनाएका थिए। सांसदहरू वीरमान चौधरी र मानबहादुर धामी पनि संसदीय दलको नेताका आकांक्षी थिए।

नेकपा एमाले प्रदेश ७ संसदीय दलको बैठकले सांसद अर्जुन थापालाई सभामुख बनाउने सहमति गरेको छ। एमाले स्रोतका अनुसार बझाङबाट निर्वाचित सांसद थापालाई सभामुख बनाउने सहमति भएको छ।

प्रदेश ७ मा आइतबार दिउसो १ बजे प्रदेशसभा बैठक बस्दैछ। जेष्ठ सदस्य दिव्यश्वरी शाह (७४) ले बैठकको अध्यक्षता गर्दैछिन्।

बैठकको कार्यसूचीअनुसार उनले प्रदेश प्रमुखको पत्र पढेर सुनाउँनेछिन्। चार वटा दल रहेको प्रदेशसभाको पहिलो बैठकमा सबै दलका नेताले दलको धारणा राख्नेछन्। त्यसपछि सभामुख र उपसभामुखको निर्वाचन मिति तोकेर बैठक समापन गरिनेछ। प्रदेशमुकाम कैलालीस्थित जिल्ला समन्वय समितिको भवनमा बैठक बस्दैछ।

Bangad kupinde