दशैको नजिकमा बझाङमा फेरि भूकम्प

कार्तिक २

बाजुरा – बझाङमा फेरि भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।

बझाङमा केही हप्ता अगाडि भूकम्प गएको थियोे जसबाट २० जना घाइते भएका थिए भने १ जनाको मृत्यु भएको थियो।