साउने सोमबारमा पुजा गर्दै हिमानी शाह ,,

साउन ७ ,काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । शाह वर्षको पहिलो साउने सोमबारका दिन दुई छोरी र छोरासँगै दर्शनका लागि पशुपति पुगेकी हुन् । उनले मन्दिरमा करिब आधा घण्टा सम्म मन्दिर परिसर भर दर्शनमा आफ्ना केहि सहयोगी सहित बिताईन ।

प्रफुल्ल मुद्रामा देखिएकी शाह परिसरमा देखिएका दर्शनार्थी तथा शुभेच्छुकलाई मन्द मुस्कानसहित अभिवादन गर्दै मन्दिर तर्फ अघि बढेकी थिइन् । फर्कंदा पनि उस्तै मुस्कानका साथ शुभेच्छुकलाई अभिवादन गरिन् र गाडी चढेर फर्किइन् ।

पति पारससँग उनको सम्बन्ध सुमधुर छैन । र, पनि उनी उस्तै उमंगका साथ सार्वजनिक समारोह तथा कार्यक्रमहरुमा देखिने गरेकी छन् । पूर्वराज परिवार धर्म–बढी विश्वास गर्नेमा गनिन्छन् । परिवारका अन्य सदस्यजस्तै हिमानीले पनि पूजा–आजामा समय बिताउने गरेकी छन् । केहि दिन अगाडी मात्र पनि राजा ज्ञानेद्र शाह नेपालगंजमा र पारश शाह गोर्खामा पुजा आजामा गयका थिय ।