suekhet
bheriad

१८ स्थानिय तहमा बैंक शाखा विस्तार हुन नसक्ने ,,

lekabesi

साउन ७ , काठमाडौंं – सरकारले सबै स्थानीय तहलाई बैंकिङ सञ्जालमा जोड्न नसक्ने भएको छ। पूर्वाधार अभावको कारण देखाएर बैंकले १८ स्थानीयतहमा जान नसक्ने बताएका छन्। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद शर्माले १८ स्थानीय तहमा बैंक जान नसक्ने जानकारी दिए। उनले भने, ‘वर्षात् मौसम भएकाले शाखा विस्तार गर्न समस्या छ। अहिले ९१ स्थानमा शाखा खोल्ने तयारीमा बैंक छन्।’

असार अन्त्यसम्म ६ सय ३१ स्थानीय तहमा बैंकका शाखा विस्तार भएका छन्। अहिले जम्मा १३ स्थानमा शाखा खोल्नका लागि सुरुनै भएको छैन। अहिले यी स्थानमा बैंकका शाखा विस्तार भए पनि अन्यमा क्रमसः थपिँदै जाने राष्ट्र बैंकको भनाइ छ। यसअघि बाटोघाटो, विद्युत्, इन्टरनेट, सुरक्षा, भौगोलिक बिकटतालगायत कारण देखाउँदै दुर्गम स्थानमा बैंक जान मानेका थिएनन्।

प्रादेशिक विभाजनअनुसार प्रदेश १ मा एक सय १२, प्रदेश २ मा एक सय २२ स्थान, प्रदेश ३ मा एक सय सात स्थानीय तहमा बैंकका शाखा विस्तार भएका छन्। यस्तै प्रदेश ४ मा ७४, प्रदेश ५ मा ९९, प्रदेश ६ मा ५४ र ७ मा ६३ स्थानमा बैंक शाखा विस्तार भएका छन्।

विगतमा केन्द्र विवाद र भाडामा घर नपाउँदा शाखा विस्तारमा समस्या थियो। तर, पछिल्लो समय उल्लेख्य रूपमा बैंकका शाखा बढेका छन्’, प्रवक्ता शर्माले भने, ‘बैंकहरू राष्ट्र बैंकले तोकेका स्थानमा जान तयार छन्।’ समस्या भएका कारण जान नसकेका हुन्।