प्रहरी अचारण विपरित क्रियाकलापमा संलग्न रहेको भन्दै एक वर्षमा ३१ जना प्रहरीलाई कारबाही
सुर्खेत, ७ साउन ।
मिति २०७४/०७५ मा जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्षमा ३१ जना प्रहरीलाई कारबाही गरेको छ । प्रहरी अचारण विपरित क्रियाकलापमा संलग्न रहेको भन्दै एक वर्षमा ३१ जना प्रहरीलाई कारबाही गरेकोछ । आचरण सुधार गर्न भनि विभिन्न कार्यक्रमहरू गरे पनि पेशाप्रति जवाफदेही नहुने प्रहरीलाई विभागीय कारबाही गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियमित रूपमा अनुगमन गर्ने, सेवाग्राहीसँग गर्ने व्यवहारको बारेमा जिम्मेवार तथा जवाफदेही बनाउने, प्रहरीले
आफ्नो पेशा मर्यादा भुल्ने प्रहरीलाई कारबाही गरिएको जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनका अनुसार बलात्कार र हत्यामा संलग्न भएका दुई जना प्रहरी जवानलाई सेवाबाटै हटाइएको छ । प्रहरीले विभिन्न दर्जाका कर्मचारीलाई जरिवाना समेत तिरयाको छ ।
पटक–पटक विभागीय कारबाही गर्दा पनि आचरण सुधार नभएको र अवाञ्छित क्रियाकलापमा समेत संलग्न भएकाले कारबाही गरिएको एसपी चतुर्वेदीले जानकारी दिए । प्रहरी अनुशासन कायम राख्न छड्के अनुगमन, नागरिकबाट प्राप्त जनगुनासो तथा प्रहरी कार्यालयबाट सुपरिवेक्षण गरी राम्रो काम गर्नेलाई पुरस्कृत र गलत क्रियाकलापमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिएको उनले जानकारी दिए । राम्रो काम गर्ने ३९ जना प्रहरीलाई सम्मान गरिएको जनाइएको छ । प्रहरीको व्यवहार सुधारका लागि गत आर्थिक वर्षमा पाँच वटा अनुसशिक्षण तालिम सञ्चालन गरिएको थियो । जसमा तीन सय १३ जना सहभागि थिए ।