surkhet

कांग्रेसले आज दिउँसो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

कार्तिक ११

surkhet

काठमाण्डाै – कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज दिउँसो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यक्रम दिउँसो २ देखि ५ बजेसम्म हुने पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए।

कांग्रेसले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको हो ।

Dailekh
Gorkha

बीपी कोइरालाले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गरेको चियापान कार्यक्रमले अहिले पनि देशमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पुर्याउने नेता खतिवडाले बताए ।

काठमाण्डाै, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अरु जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्नेछन् ।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रीगण, सांसद, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बीपी कोइरालाले २०३३ सालको पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापान शुरु गरेको हो । कांग्रेसले बडादशैँकाे अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । कांग्रेसले झण्डै १० हजार जनालाई निमन्त्रणा कार्ड बाँडेकाे छ ।

 

salyan