जाजरकोट नलगाडबाट जय रावल भन्छन् हामी लासको बिचमा छौ
कार्तिक १८
काठमान्डौ – भूकम्पका कारण जाजरकोट नलगाड नगरपालिका मा कुनै पनि घर सिङ्गो नरहेको स्थानीय जयबहादुर रावलले बताए ।
रंगदर्पण संग कुराकानी गर्दै उनले हामी लासको बिचमा छौ , कुनै पनि घर सिङ्गो छैन उनले भने ।
गए रातीकाे महाविपतकारी भूकम्पले नलगाड नगरपालिका वडान १,२,३,४,५,६,र ७ मा ठूलो क्षती भएको उनले बताए ।रावलका अनुसार मृतकको संख्या बढ्दो छ ।
पहिचान हुन सकेको छैन । कसैको टाउको छैन कसैका हात खुट्टा छैनन । हामी भगवानलाई प्रथाना गर्ने बाहेक केही छैन ।
रावलका अनुसार नलगाड मात्र हाल सम्म ४० जना भन्दा बढीको मृत्यु भएको छ। यस्तै नलगाड नगरपालिकाकि उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परि मृत्युु भएको छ।
जय रावलले थप भने धेरै घाईते छन खाने बस्ने ठाउँ छैन लत्ता कपडा केही छैन मान्छे त अब झनै मर्ने भए ।
गत राती जाजरकोटको रामीडाडा केन्द्रविन्दु गराएर गएको भूकम्पले रुकुम पश्चिम् र जाजरकोटमा १३५ बढीको मृत्युु भैइसेको छ।
जय बहादुर रावल
रंगदर्पणको सम्पादक हुन