इन्डोनेसियामा शक्तिशाली भूकम्प

कार्तिक २२

काठमान्डौ – इन्डोनेसियाको बान्दा सागरमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प भएको छ ।

बुधबार बान्दा सागर केन्द्रबिन्दुु भएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पको क्षतीबारे भने हालसम्म कुनै समाचारहरु आएका छैनन् ।

आज स्थानीय समय अनुसार बिहान ११ः५३ बजे ६ दशमलव ९ रेक्टरस्केलको भूूकम्प आएको थियो । त्यसको लगत्तै पुनः शक्तिशाली भूकम्प गएको हो ।

lekbesi

शक्तिशाली भूकम्प गए पनि सुनामीको कुनै संकेत नदेखिएको अन्तराष्ट्रिय सञ्चार माध्ययममा जनाइएको छ ।