सास हुँदा वास्ता छैन लासमा रोईलो कलाकार रिना थापा

कार्तिक २४

काठमान्डौ – कलाकार मोडल रिना थापा मगरले सास हुँदा वास्ता नगर्नेले अहिले विभिन्न टीका टिप्पणी गर्नु उचित नहुने बताईन।

मृतक अभिनेत्री मोडल दिपासा बिसिको निधन प्रती सामाजिक संजालमा बिभिन्न खाले टीका टिप्पणी आउन थालेपछि आफ्नो सामाजिक संजालमा यस्तो लेखेकी हुन।

मृत्यु दिपासा बिसिले पैसा र प्रेममा धोका पाएको कारण बिष सेवन गरिन् भन्दै समाचार प्रकाशित भएपछि यस्तो बताएकि हुन।

lekbesi

दिपासाको मृत्युुको सत्य तथ्य खबर भने बाहिर आउन सकेको छैन । उनले आफ्नो टाइमन्स टिभी नेपाल नामाक युटुब पनि चलाएकि छिन ।

स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।

शरीरमा औषधीको मात्रा धेरै देखाइएको कारण देखाउँदै अस्पतालले मृत घोषणा गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जनाइन् ।

रिना लेख्छिन।

अलिकति लाज मानम न हुन्न ?
जिउदो हुदा त खुशि हुन नसकेर यो बाटो रोजेकि उनलाई
मरेपछि पनि यसरि नै बदनाम गराउने हो ?
मैले नबुझेको पैशा को कुरा र प्रेम सम्बन्धमा धोका भयको कारण बिष सेवन गरिन् भन्दै समाचार बनाउन दुनियाथरि फेसबुकमा
भन्न कसरि सकेउ ? सत्यतथ्य बाहिर आयको छैन
कि तिमिहरु पनि साथमै मरेर सोधेर फर्कियौ ?
सास हुदा वास्ता छैन लास हुदा जताततै
सबैको नजरमा पर्न पनि मर्नपर्नि रैछ हाम्रो नेपालमा