लोकप्रिय गायक राजेश पायल राईको स्वरमा घाम छाँया बजारमा

कार्तिक २५

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राई र मनमा बिराईको स्वरमा रहेको पूर्वेली लोक गीत ‘घाम छाँया बजारमा सार्वजनिक भएको छ।

गितकार मंगल राईको शब्द र प्रियजन राईको संगीत सृजनामा तयार भएको गीतले नेपाली दर्शकको मन जितेको छ।

प्रियजन राईको निर्देशन र आशिष राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा’, सीता राई, अनुप राउत, शिसम राई लगायतको अभिनय देख्न सकिन्छ ।

lekbesi

भिडियोमा ड्रोन सट भिम बहादुर तामाङले लिएका हुन् भने छायांकन, सम्पादन र कलरको काम गंगाराम राईले गरेका छन् ।

तेह्रथुम, इटहरी, धनकुटा, धरान लगायतका पूर्वी भेगमा छायांकन गरिएको गीतको भिडियो बिहीबार ललितपूरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार एवम् संस्कृतिविद् जितेन राईले भिडियो सार्वजनिक गरेका थिए ।
गीत सुम्निमा पारुहाङ म्यूजिक यूट्युव च्यानलबाट बजारमा पठाईएको हो।