दिपकले ल्याए छैनिन पियारी ,,

साउन ८,- पर्ख पर्ख मायालुको बेजोड सफलता पछि सङ्गीतकार दीपक शर्माले परदेशीको पीडामा आधारित नयाँ गीत लिएर आएका छन् । उनको पछिल्लो गीत घर आउँदा छैनिन पियारी बोलको गीत रिलिज भयको छ ।पर्ख पर्ख मायालु, तिम्रो पिक्चर हिट, देखन चम्पा, लगायतका चर्चित गीतका सफल सङ्गीतकार दीपक शर्माले आफ्नै स्वर तथा शब्दमा नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

शर्माले हालै सार्वजनिक गरेको गीत छैनन् पियारी पनि लोक पप शैलीमा तयार भएको छ । सार्वजनिक गीत लिरिकल भिडियो भएको र उक्त भिडियोको सङ्गीतकार शर्माले छिट्टै नै भिडियो नै तयार गर्ने बताएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने सम्पादन अशोक मल्लले गरेका हुन् ।
https://youtu.be/V_M-H-mL7Ts
