जाजरकोटमा त्रिपालमुनि बस्दै आएका भूकम्पपिडितको मृत्युु

मंसिर १२

जाजरकोट – जाजरकोटमा त्रिपालमा बस्दै आएका एक जना भूकम्प पिडितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट गाउँपालिका-७ सुवाकोटका ६५ वर्षीय हरियो दमाइ रहेका छन् । उनको मंगलबार ज्यान गएको वडाध्यक्ष विशाल किरण बस्नेतले बताए।

वडा अध्यक्षका अनुसार उनी दुई वर्ष अघिबाट प्यारालाईसिस भएर थलिएका थिए । भूकम्पपछि घरमा क्षति पुगेपछि उनी त्रिपालमा बस्दै आएका थिए ।

उनिमाथी एक सातादेखि ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

lekbesi

उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दै गर्दा उनको ज्यान गएको बस्नेतले जानकारि दिए।मंसिर १२