भक्तपुर केन्द्र भएर भूकम्पको धक्का
मंसिर १२
भक्तपुर – भक्तपुरमा भूकम्पको धक्का महसुस गरिएको छ ।मंगलबार राति ८:५० बजे भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आजै सिन्धुपाल्चोकमा ८:४५ बजे ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यी दुवै विनाशकारी गोरखा भूकम्पका परकम्प रहेको केन्द्रले जनाएको छ।