नेपालमा पश्चिमी वायुसँगै न्युनचापीय प्रणाली सुरु चिसो बढ्यो
मंसिर १३
काठमान्डौ– नेपालमा पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीका कारण तिनदिनदेखि उपत्यकासहितका ठाउँहरुमा चिसो र धुम्म हुने गरेको छ।
बिहान देखि साझ सम्म अहिले पनि देशका धेरै ठाउँको मौसम धुम्म छ । दिउँसो पहाडी क्षेत्र बाहेकका ठाउँको मौसम सफा रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले बताए ।
तर,पहाडी क्षेत्रको मौसम भने आज पनि आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको उनले बताए । यस्तै, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् पुडासैनिले जानकारी दिए।
पुडासैनिका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा आज पनि हिमपातको सम्भावना छ ।काठमान्डौमा न्यूनतम तापक्रम आज दुई डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १० दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।
तर आज ७ बजे पछि भने उपत्यकामा बिहानै देखि हल्का घाम लागेको छ।