रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेलामा किन नचाईन्छ लाठी
मंसिर १३
रुकुम पश्चिम् – रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । मङ्सिर ७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला सोमबार सकिएको हो । सोमबार मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा भव्य मेला लागेको थियो ।
यो वर्ष एकादशीदेखि हिजोसम्म करिब १ लाख दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजापाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए।
मेलामा सहाभागिले लाठी बोकेर नाच्ने यो मेलाको विशेषता पाईन्छ ।