surkhet

गणतन्त्रको बिरोध गरेर कसैले निहु नखोजौ : केपि ओली

मंसिर १४

surkhet

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको बिरोध गरेर दुःसाहसी काम भइरहेको बताए ।

आज बिहीवार बैतडीको गोठलापानीमा आयोजित महाकाली–मेची अभियानअन्तर्गतको सभामा अध्यक्ष ओलीले यस्तो बताएका हुन।

Gorkha

उनले भने ‘नागरिकमा अन्योल र निराशा बढ्दै जाँदा नागरिक विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर फेरि सलबलाउन खोजेका छन् ।

Dailekh

अहिले राजाकाे शालिक बनाएर श्री ५ महाराजधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।

गणतन्त्रको विरोध गर्ने, त्यो दुःसाहसी काम भइरहेको छ । हामी पछाडि फर्किन सक्दैनाैँ, फेरि हामी रैति हुन सक्दैनौँ । अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको उनले उल्लेख गरे।

 

 

salyan