नक्कली भुटानी शरणार्थी प्रकरण रिजाल र टोपबहादुरका छोरालाई धरौटीमा छोड्न आदेश
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतले टेकनाथ रिजाललाई १५ लाख र सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई धरौटीमा रिहा वा साधारण तारेखमा छोड्ने भन्ने बारेमा हिजोदेखि सुनुवाई भैइरहेको छ भने आज फैसला भएको हो।
काठमाण्डाै जिल्ला अदालतले गएको असार १ गते गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरिपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गएको मङ्गलवारदेखि नियमित सुनुवाइ जारी थियो ।
यो प्रकरणमा काङ्ग्रेस नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण र एमाले नेता पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायामाझीको भने फैसला आउन बाकी छ। मंसिर १५