एक कुशल सर्जक किरण बाबुले आफ्नै अभिनयमा ल्याए प्रेम हैन र

मंसिर १५

काठमान्डौ – नेपाली गीत संगीतको बजारमा एक कुशल सर्जकको रुपमा स्थापित किरण बाबु पुनको प्रेम हैन र बोलको गीत बजारमा सार्वजनिक भएको छ।

गायिका टीका पुन र किरणकै स्वर गुन्जिने यो गीतलाई सर्जक पुनले संगीत र शब्द गरेका हुन। गीत संगीतकै निरन्तरतामा उनले यो पटक भने दर्शकमाझ फरक कोशेली पसकेका छन।

यस्तै सर्जक किरणले यो भिडियोमा मोडल जुना गुरुङसंग अभिनय समेत गरेपछि झनै दर्शकलाई सुनमा सुगन्ध भएको मानिन्छ । गीतको मनोरहक दृश्यले दर्शकको मन खिचेको छ।
किरण बाबु पुन अफिसियल युटुब च्यानलबाट बजारमा पठाइएको यो गीतले दैनिक दर्शकको मन जितेको प्रतिक्रिया आएको पाईन्छ ।

lekbesi

सर्जक किरण बाबु पुनका थुप्रै सिर्जनाले वरिष्ठ गायक गायिकाले बजार तताउने गरेका छन । पुनले गरेका शब्द संगीत भारतिय गायिका सन्जिवनीले समेत थुप्रै गाईसकेकी छिन ।
भिडियो , प्रेम हैन र,