दुर्गा प्रसाईलाई भोलि ललितपुर बासीले साथ दिने विशाल जनसभामा बोल्दै

मंसिर १५

काठमान्डौ – नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाइले भोलि लगनखेल बस्पार्कमा विशाल आमसभा गर्ने भएका छन।
ललितपुरबासीको समर्थनमा भोलि ११: ४५ मा उनले बसपार्कमा ठूलो भेला गर्ने बताएका हुन।

दुर्गा प्रसाईले राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान गत मंसिर ७ गतेबाट सुरु गरेका छन। उनको समर्थनमा ठूलो विशाल जनमानसले साथ दिएको पाईन्छ।

भोली मिति २०८० मंसिर १६ गते राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सञ्चालन गरिरहेको आन्दोलन लाई समर्थन जनाउँदै ललितपुर बासिको आयोजनामा बृहत विरोध सभा हुने भएको ले निम्न मिति, स्थान र समयमा सम्पूर्ण उपत्यका बासी न्यायप्रेमी दाजुभाइ दिदीबहिनी , आमाबुबा हरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं !
मिति : २०८० मंसिर १६ गते
स्थान: लगनखेल बसपार्क
समय: दिनको ११:४५बजे

lekbesi