रुकुम चौरजहारी

बालकृष्ण खाँण टोपबहादुर सहित दस जनालाई थुनामै राख्न आदेश

रुकुम आठ विसकोट

काठमान्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका काङ्ग्रेस नेता पुर्वगृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश उच्च अदालतले आदेश दिएको छ।
उच्च अदालतले १० जना अभियुक्तहरु टेकनारायण पाण्डे  डा.इन्द्रजित राई  ,टोपबहादुर रायमाझी ,केशवप्रसाद दुलाल , सानु भण्डारी,सागर राई ,गोविन्दकुमार चौधरी ,सन्देश शर्मा आङटावा शेर्पा लगायतलाई थुनामै राख्न आदेश दिएको हो।
नक्कली भुटानी शरणार्थी काण्डमा उच्च अदालतको संयुक्त ईजलासले  १० दिनको लगातारको सुनुवाईपछि पुनरावेदकहरुमध्ये यस्तो आदेश दिएको हो।

यस्तै  अभियिक्त नरेन्द्र केसीलाई १० लाख,हरिभक्त महर्जनलाई   १५ लाख ,शमशेर मिया १० लाख ,सन्दीप रायमाझी ३० लाख धरौटी माग गरेर छोड्न आदेश दिईएको छ।

त्यस्तै टेकनाथ रिजालसंग  १५ लाख धरौट ,रामशरण केसीसंग    १५ लाख धरौटी मा गरिएको हो। तस्तै गरि अन्य अभियिक्त ,लक्ष्मी महर्जन ,आशिष बुढाथोकी ,टंककुमार गुरुङ , केशव तुलाधरलाई साधारण तारेखमा छाड्न उच्च अदालतले अदेश दिएको हो।

काङ्ग्रेस नेता बालकृष्ण खाँणको राय बाझिएको भन्दै ३ जना न्यायाधीशको इजलासमा सुनुवाई गरेर मात्र आदेश दिने पनि जनाएको छ। मंसिर १५