surkhet

प्रचण्डलाई मुद्दा पर्दा आवज उठाइदिने विप्लवलाई पक्राउ पुर्जी अब के होला

surkhet

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना नेताविरुद्ध पक्राउ पुर्जी जारी हुँदा प्रधानमन्त्री प्रचण्ड भने चुप बसेका छन।

प्रधानमन्त्री प्रचण्डलाई जिल्ला अदालतमा मुद्दा पर्दा आवाज उठाइदिने विप्लवलाई आज ३५ दिने सूचना जारी गर्दै पक्राउ पुर्जी जारी भएको छ।

तर यो विषयमा भने आफ्नै सरकार बनाएर बसेका प्रधानमन्त्री प्रचण्डले कुनै पनि मुख खोलेका छैनन।
प्रधानमन्त्री प्रचण्डले केही बर्ष पहिले जनयुद्धमा मरेका पाँचहजार जनाको जिम्मा आफुले लिने भनेको भन्दै उनलाई मुद्दा जाहेरी गरिएको थियो।

Dailekh
Gorkha

तर यो बारेमा आफ्नै पार्टीमा नेताहरु चुप बसे भने विप्लवले जोडदार आवाज उठाएपछि मुद्दा झिसमिस भएको थियो।
अहिले विप्लव सहित चार जनालाई राज्यविरुद्धको कसुरका दुई मुद्दामा विप्लवसहित पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा र अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला अदालत काठमान्डौले गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन समेत भनिएको छ ।

२०७६ सालको असोज ९ गते दायर भएको मुद्दामा उनीहरूमाथि सङ्घीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्यविरुद्धको कसुर गरेको अभियोग छ ।

उनीहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि मङ्सिर १० गतेको इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने ‘वारेन्ट’ जारी गर्न आदेश दिएको थियो ।

पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।फाइल तस्वीर  मंसिर १९

salyan