Gold

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी सन्दिप रायमाझीले कान्तिपुर टेलिभिजनको माईक फुटालदिए

मंसिर २०

Naumule Migrate

काठमाडौँ – नक्कली भुटानी शरणार्थी मुद्दाका एक आरोपी  सन्दीप रायमाझीले कान्तिपुर टेलिभिजनका पत्रकारमाथि हातपात गरेका छन् ।

उनले काठमाडौं जिल्ला अदालत परिसरमा दृश्य खिचिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार सञ्जय लुइँटेलमाथि हातपात गरेका हुन् ।

उच्च अदालत पाटनबाट ३० लाख धरौटीमा रिहाइको आदेश पाएका सन्दीपलाई प्रहरीले हिजो दिउँसो जिल्ला अदालत लगेको थियो ।

अदालतबाट फर्काएर प्रहरीको गाडीमा चढाउने क्रममा सन्दीपले दृश्य छायांकन गरिरहेका लुइँटेल र उनको क्यामेरामाथि मुक्का प्रहार गरेका थिए ।

सन्दीपको प्रहारबाट क्यामेराको बुम माइक फुटेको छ भने लुइँटेलको गालामा चोट लागेको छ ।

सन्दीप नक्कली भुटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामै रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । उच्च अदालतको आदेशअनुसार सन्दीपले मंगलबार धरौटीस्वरुप ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन् ।

उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रायमाझीमाथि अनुसन्धान गरिरहेका छन् ।

 

Naumule Badhipahiro