गोरखामा ल्ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव फेला

मंसिर २२

गोरखा – पालुङटार नगरपालिका ७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ ।

अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

शव ब्ल्यांकेटले बेरिएको अवस्थामा भेटिएको छ, घटना हेर्दा मृत्यु शंस्कास्पद देखिन्छ उनले भने । मृतकको शरीरमा चोट पनि देखिएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी प्रमुख श्रेष्ठसहितको टोली घटनास्थलमा पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहितको टोली झिकाएर पनि अनुसन्धान भइरहेको श्रेष्ठले बताए । मृतकको पहिचान खुल्न सकेको छैन ।