डोल्पालीलाई खाद्यान्नको चामल महँगो ,,
साउन ९ ,डोल्पा – हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् ।दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन् । प्रतिकेजी रु ६५ मा बिक्री गर्न केन्द्रले मूल्य निर्धारण गरेपछि महँगो भन्दै जनताले किन्न नमानेको नेपाल खाद्यसंस्थान डोल्पाले शाखाले जानकारी दिएको छ ।
जिल्लाको दुनै शाखा, सर्मी डिपो र जुफाल डिपोमा आएको तीन हजार ५१५ क्विन्टल जापानी चामल बिक्री हुन सेकेको छैन ।विसं ०७२–०७३ मा रु ५० प्रतिकेजीमा बिक्री भएको जापानी चामल यस वर्ष एकै पटक प्रतिकेजीमा रु १५ वृद्धि भई ६५ मा पुगेपछि महँगो भएको भन्दै जनताले किन्न नमाने पछि बिक्री नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसिले जानकारी दिएका छन् । हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुली प्रतिकेजी रु ६०, मध्यम रु ६०, मकवानपुरे रु ५२, मोटा रु ५१, जिरा मसिनो रु ७०, गोरखनाथ रु ६५ र उसिना रु ३५ प्रतिकेजीमा नेपाल खाद्य संस्थानले जनतालाई बिक्री गर्दै आएको छ ।
जनताले जापानी चामल किन्न नमाने पछि मूल्य समायोजनका लागि जिल्ला समन्वय समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बूढाले जानकारी दिए । उनले भने, सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महँगो भयो, जनताले किन्न सक्दैनन् ।
शाखा प्रमुख जोसिका अनुसार संस्थानको चामल अलि महँगो छ तर बजारको चामलको भन्दा राम्रो गुणस्तर अनुदानमा दिने चामलमा छ । जुनसुकै प्रकारको चामल दियपनी महँगोमा भयपछि कँहा किन्न सकिन्छ र। जनताले चामल किन्ने भनेको छाक टार्न र पेट भर्न हो। महँगो भय मामको बारीमा साग छ भान्जाको के लाग्छ जस्तै भयको स्थानिय बताउछन। , हिमाली जिल्ला डोल्पा भौगोलिक हिसाबले सुन्दर , विदेशीको मन लोभ्याउने भयपनी याता यातको कमि भयपछि यँहा जुनसुकै चिज पनि महँगो हुने गर्दछ ।यँहाको यात्रा भनेको एकमात्र हवाई यात्रा हो। त्यो पनि मौसम अनुकुल नभयपछी अबरुद्द हुने गर्दछ ।
‘