गरियो दिल्लीमा १६ नेपाली महिलाको ‘उद्दार’
दिल्लीमा मंगलबार रति १६ नेपाली महिलाहरुको ‘उद्दार’ गरियको छ। तस्करले इराक र कुवेत पठाउन लगेका ती महिलालाई दिल्लीको मुनिर्का क्षेत्रको एउटा सानो कोठाबाट ‘उद्दार’ गरिएको हो । दिल्लीको महिला आयोगले सो कुरा जनायको हो । यधपी सबै बिबरण आउन बाकी छ ।
वैदेशिक रोजगारीको आश देखाएर ति नेपाली महिलालाई दलालले बेचबिखन गर्न दिल्ली लगेको आयोगको दाबी छ । महिलाले आफ्ना १०/१२ जना साथीहरूलाई इराक र कुवेत पठाइसकिएको जानकारी पनि दिएका छन् । दिल्ली प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
नेपाली राजदूतावासले पनि उद्दारका बारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ। नेपालबाट लगेर यसरि बेचबिखन गर्ने संख्या निकै बढ्दो छ । समयमै यसको समाधान गर्न जरुरी देखिनछ ।