साउदी अरबमा दुई जना नेपालीलाई सार्वजनिक ठाउँमा टाउको काटेर मृत्युदण्ड दिइयो

पुस ८

Naumule

काठमान्डौ – साउदी अरबमा दुई जना नेपालीलाई सार्वजनिक ठाउँमा टाउको काटेर मृत्युदण्ड दिईएको छ।

पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका सन्तबहादुर पुनसहित अर्का एकजना नेपालीलाई सार्वजनिक ठाउँमा टाउको काटेर मृत्युदण्ड दिइएको हो।

Gurvakot

साउदी अरबका नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा त्यहॉ २२ वर्षदेखि कुरैयात जेलमा जेल जीवन बिताइरहेका उनलाई २०५८ जेठमै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

पीडित परिवारले उनको मृत्युदण्डको सजाय माफी नहुने भनेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको हो।

स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालत हुदै रोयल कोरिटले समेत अनुमोदनगरेपछि साउदी नागरिक हत्यामा दोषी ठहर गर्दै सन्तबहादुरलाई मृत्युदण्डको फैसला गरेको थियो । सांकेतिक तस्विर

Bangad kupinde