झिल्केमा झरना थापाको नाम मात्र आवाज अर्कैको राखे पछि विवाद उत्पन्न ,,

साउन ९, काठमाण्डौ – कोशी भिजन फ्लिमको प्रस्तुति चलचित्र झिल्केले आफ्नो ट्रेलर सार्बजानिक गरेको छ। तर ट्रेलर सँगै विभिन्न कमेन्ट आउन थालेका छन्। त्यो किन भने ट्रेलरमा नायिका थापाको आवाज अर्कै कलाकारले डब गरेकी छिन् । चलचित्रको ट्रेलर हेर्दा नै नायिका थापाले ‘झिल्के’ पैसाको लागि मात्र खेलेको प्रष्ट हुन्छ । र ट्रेलर पनि धेरै कम्जोर देखियको छ झरना थापा भने चलचित्र क्षेत्रमा एक सफल नायिकाको रुपमा चिनिन्छिन्,। उनले अभिनय गरेका थुप्रै चलचित्र हिट छन् । अहिले त उनी निर्देशक समेत भैसकेकी छिन् । ‘ए मेरो हजुर २’ जस्तो सफल चलचित्रकी निर्देशक समेत हुन् झरना ।फितलो संवाद, कमजोर छायांकनले ट्रेलरलाई झनै कमजोर बनाएको छ , नायिका थापा बाहेक चलचित्रमा अन्य कलाकारहरु नयाँ देखियका छन् । लाखमान योञ्जनले यो चलचित्रको निर्देशन गरेका छन् भने सुमन तामाङ्ले खिचेका छन्।