पिक्नीक यात्रु चढेको बस तुल्सीपुरमा दुर्घटना

पुस १५

दाङ – दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरबाट पिक्निकको लागी दाङ आउदै गरेको भे १ ख २०४१ नम्बरको गाडी आज बिहान तुलसीपुर १३ दमारगाँउ नजिकै दुर्घटनामा परेको हो।

दुर्घघनामा परी ३० जना भन्दा धेरै घाइते भएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिए।

घाइते मध्य केहीलाई नेपालगञ्ज र केही तुलसीपुर तर्फ उपचारका लागी पठाइएको उनले बताए । बसको ब्रेक आयल फुटेर ब्रेक फेल हुदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताए ।घटनाबारे थप अनुसंधान भैइरहेको पनि उनले बताए ।

 

lekbesi