सर्लाहीमा प्रहरीको गोलि लागेर एक जनाको ज्यान मृत्यु

सर्लाही – सर्लाहीमा प्रहरीको गोलि लागेर एक जनाको ज्यान गएको छ। सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको हो।

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा,५ का जयशंकर शाह रहेका छन् । पुष २०