फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल एटल नियुक्त

पुष २३

काठमान्डौ – फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल एटल नियुक्त भएका छन। उनी आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनेको बिबिसीले जनाएको छ।

फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षका लरेन्ट फाबियस प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएका हुन।

lekbesi

हिजो एलिजाबेथ बोर्नको राजीनामा स्वीकृत गरेपछि फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले आफूपछिको राष्ट्रपतिको बलियो दाबेदार मानिएका एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।

एटल यसअघि शिक्षा मन्त्री थिए । फ्रान्सको संसदमा सकारात्मक प्रभाव पारिरहेका एटलले गठन गर्ने सरकारमा प्रभावकारी व्यक्तिहरू मन्त्रीमा छनाेट हुन सक्ने फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् ।

नवनियुक्त प्रधानमन्त्री एटलले अब जुन महिनामा हुने महत्त्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउने छन।