तरुल खन्दा सल्यानमा ढुङ्गा पल्टीएर एक जनाको मृत्यु

पुस २९

सल्यान – सल्यानमा तरुल खन्ने क्रममा ढुंगा पल्टीएर एक जनाको मृत्यु भएको छ ।

कालिमाटी गाउँपालिका ७ सोइमबासका अन्दाजी ४२ बर्षिय धन बहादुर आलेको ढुंगाले टाउकोमा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो दिउसोँ साढेँ तीन वजे तिर कालीमाटी गाउँपालिका ६ जुमखोला बस्ने अन्दाजी ४४ बर्षिय घनश्याम घर्तीले वडा नम्बर ७ को खारापानी भन्ने जंगलमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा करिब ५ सय मिटर तल तरुल खन्दै गरेका आलेको टाउकोमा चोट लागेको थियो ।

lekbesi

टाउकोमा चोट लागेका उनको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ढुंगा पल्टाउने घनश्याम घर्तीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।