डा. केसीका माग सम्बोधन र अनसन टुङ्ग्याउने गरि बार्ता हुने
बिहिबार ,१० श्रावन ,
प्रधानमन्त्रि केपी ओली द्वारा भंग भएको बार्ता पुन छलफल को लागि तयारि मा आएको छ । प्रधानमन्त्रीको आश्वासनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीबेरमा सिंहदरबारमा औपचारिक वार्ता हुन लागेको हो ।यस बार्ता का संयोजक का रुपमा रहेका सुबास नेम्वाङले आजै सहमति गराई अनसन टुङ्ग्याउने गरि बार्ता भैरहेको जानकारी गराए ।उनले सरकारी वार्ता टोलीलाई एमाले संसदीय दलको कार्यालयमा बोलाएर प्रधानमन्त्रीको म्यान्डेटसहितको निर्देशन दिएका छन् ।वार्तापछि बिहीबार बिहान २ बजे प्रधानमन्त्री निवासबाट बाहिरिएका केसी पक्षका वार्ताकारले प्रधानमन्त्री ओलीसँगको वार्ताको प्रगति अनसनरत डा. केसीलाई सुनाएका थिए ।