शताब्दीकै लामो चन्द्र ग्रहण आज

आज २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यो चन्द्रग्रहण नेपालबाट पनि अवलोकन गर्न सकिने छ । नेपाली पात्रो अनुसार यो ग्रहणको पूरा अवधि ३ घन्टा ५७ मिनेट हुनेछ। नासाका आनुसार आजको ग्रहण यो अवधिको सबैभन्दा लामो अर्थात ठूलो ग्रहण हो ।

चन्द्र ग्रहणको बेला चन्द्रमा रातो रंगको देखिने छ, जसलाई ‘ब्लड मुन’ पनि भनिन्छ । यसको कारण क हो भने जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब सूर्यको किरण छेकिन्छ र पृथ्वीको वातावरणको प्रभावको कारण चन्द्रमा रातो रंगको देखिन्छ । दुर्इ सताब्दी भित्र हेर्दा यो भन्दा २ मिनेट कम सानो चन्द्र ग्रहण सन् १९६४ मा लागेको थियो। यो ग्रहण एसिया, युरोप, दक्षिण अमेरिका, अफ्रिका र अस्ट्रेलियाबाट देखिन्छ।
