जनयुद्ध दिवसको दिन रुकुम पश्चिम्ममा गुरिल्ला म्याराथन उद्घाटन

फागुन १

रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा आज छैटौं मौराखारा गुरिल्ला म्याराथनको उद्घाटन गरिएको छ।

छैटौं गुरिल्ला म्याराथन प्रतियोगिता उद्घाटन गाउपालिकाको वडा नम्बर ३ स्थित बेलटापु खेलमैदानमा आयोजित एक औपचारिक कार्यक्रमका बिच कर्णाली प्रदेश सभा सदस्य कल्यानी खडकाले गरेका हुन र सानीभेरी गाउँपालिकाले सशस्त्र जनयुद्धको बेला तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गर्दै आएको छ ।

सानीभेरी गाउँपालिकाको प्रशासनिक केन्द्र सिम्ली देखि तत्कालिन माओवादीले सेना उत्पादन गरेको मौराखारा सम्मको बाटोमा गाउँपालिकाले हरेक बर्ष जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टले जानकारी दिए।

सानीभेरी गाउँपालिकाको आयोजना र राष्ट्रिय खेलकुद परिषद नेपालको सहयोग र युवा खेलकुद बिकास समिति सानीभेरी गाउँपालिकाको व्यवस्थापनमा यो संस्करणको गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन भएको युवा खेलकुद विकास समिति सानीभेरी गाउँपालिकाका सदस्य सचिव बालकुमार नकालले जानकारी दिए ।

४८ किलोमिटर दुरी रहेको पुरुष म्याराथनमा प्रथम हुनेले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ४५ हजार र चौथो हुनेले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको दशौं स्थान सम्म हासिल गर्ने प्रतियोगीले जनही ३ हजार पुरस्कार पाउने गाउँपालिकाको भनाई छ ।

त्यस्तै ३४ किलोमिटर दुरीमा संचालन हुने महिला गुरिल्ला म्याराथनको प्रथम हुनेले ६० हजार, दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १० हजार र दशौं स्थान सम्मकालाई जनही ३ हजार दिइने छ। म्याराथन प्रतियोगितामा विभिन्न जिल्ला बाट ३५ जना पुरुष र १२ जना महिलहरुले भाग लिएका छन।

म्याराथनको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि उपस्थिति हुने गाउँपालिकाले जनाएको छ ।