महिलाको भिडियो बनाएको आरोपमा डीएसपी पक्राउ

फागुन ६

काठमान्डौ – सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् । सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा उनी पक्राउ परेका हुन।

सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसी पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ ।

उनले एवान रेष्टुरेन्टमा अनुमतिविना महिलाको भिडियो खिचेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

lekbesi