पाकिस्तानको चुनाबी परिणाम ११ दलले गरे अस्विकार ,,
साउन,१२ काठमाडौं – हालमात्र पाकिस्तानमा भयको चुनावमा हार भयपछि पाकिस्तानका ११ दर्जन दलहरुले परिणाम अस्विकार गरेका छन् । असन्तुस्टदलले पुन निर्वाचनको माग समेत गरेका छन् चुनावकाे स्वच्छतामाथि प्रश्न उठाउँदै ती दलहरूले परिणाम अस्वीकार गर्ने हुन् । परिणामप्रति असन्तुष्टि जनाउने दलहरुको सूचीमा यसअघिको सत्तारुढ दल पीएमएल–एन पनि छ । जबकि उसले यसअघि आफू प्रतिपक्षमा बस्न तयार रहेको जनाएको थियो ।
बीबीसीका अनुसार जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ साबज शरिफले पार्टीले अहिलेसम्म बहिस्कार गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिइनसकेको बताएका छन् ।पाकिस्तानको बुधबार सम्पन्न निर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ११५ स्थानमा जित हासिल गर्दै ठूलो दल बनेको छ । पीएमएल–एन दोस्रो र सिबिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी तेस्रो भएको छ । उनीहरुले क्रमशः ६४ र ४३ सिट हात पारेका छन् ।
बहुमतको सरकार गठनका लागि १ सय ३७ सीट आवश्यक पर्छ । इमरानको पार्टीलाई २२ सिट अपुग भएकाले उनले अब गठबन्धन सरकार गठनका लागि अन्य दलहरुसँग हात अघि बढाउनुपर्ने बाध्यता छ ।तर परिणामप्रति असन्तुष्ट दलहरुले पुनः निर्वाचनको माग गर्दै पूरा नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।